नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक– धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा नमोबुद्ध नगरपालिका–१मा केन्द्र स्थापना गरिएको हो। केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ। केन्द्र निर्माणका लागि कोइकाले २६ लाख र नमोबुद्ध नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए ।  केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित जैविक…