काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो: संस्कृति मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य भएको बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित दोस्रो हस्तकला प्रवर्द्धन मेलाको उद्घाटन गर्दै मन्त्री पाण्डेले हस्तकलाको महत्त्व र योगदानमाथि प्रकाश पार्दै उक्त कुरा बताएका हुन् ।  ‘काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो,’ मन्त्री पाण्डेले भने,‘यहाँका नागरिकले कला र संस्कृतिलाई जीवित राख्नुभएको छ। दिगो…