कार्वन व्यापारबाट हुने आम्दानी नविकरणीय उर्जामा लगानी गर्दै नेपाल

काठमाडौं – वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्वन आम्दानीबाट उठेको रकम नविकरणीय उर्जा प्रवद्र्धनमा लगाउने भएको छ । वैकल्पिक उर्जा विकास समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा बैकल्पिक उर्जा विकास समितिको बिहिबार साँझ बसेको बैठकले नविकरणीय उर्जा प्रवद्र्धनमार्फत प्राप्त कार्वन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवद्र्धन गर्ने निर्णय गरेको हो । बैठकले…