काठमाडौं – अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेयता बढ्न थालेको बिटक्वाइनको मूल्य १ लाख डलर नाघेको छ । राष्ट्रपतिमा ट्रम्पले जित्नुअघि प्रति बिटक्वाइनको ७० हजार अमेरिकी डलरभन्दा न्यून थियो । तर, त्यसयता निरन्तर बढेर १ लाख डलरभन्दा माथि पुगेको हो । चुनावी दौडका दौरान राष्ट्रपति ट्रम्पले आफूले जितेमा अमेरिकालाई बिटक्वाइनको राजधानी बनाउने घोषणा गरेका थिए ।…