आईएमई समूहको पाँच अर्ब रुपैयाँ लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केबलकार निर्माण हुँदै

कैलाली – कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं.३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रमबिच शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम…