काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमाथि आयोगको कार्यालय कञ्चनपुरमा छानबिन भइरहेको बेला सापकोटा अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा एक लाख रूपैयाँ बराबरको घुस रकम फेलापरेको थियो । अनुसन्धान अधिकृतले…