सेबोन अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा नियुक्त भएका सन्तोषनारायण श्रेष्ठले सपथग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार सेबोन अध्यक्षमा निर्वाचित श्रेष्ठले आज अर्थमन्त्रालयमा सपथग्रहण गरेका हुन् । उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनियताको सपथ गराए । सरकारले ११ महिनादेखि खाली रहेको बोर्डको अध्यक्षमा सिफारिसमा परेका ३ जनामध्येबाट श्रेष्ठलाई नियुक्त गरेको थियो…