सहकारीबाट ऋण लिएर नतिर्ने १३ हजार ऋणीको बैंक खाता र सम्पत्ति रोक्का

काठमाडौं – समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनका लागि गठित समितिले सहकारी ठगी प्रकरणमा संलग्न १३ हजार ऋणी सदस्यका बैंक खाता, शेयर लगानी तथा चल–अचल सम्पत्तिमा रोक लगाएको छ। बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको कार्यालयले जनाएकाे छ। कार्यालयका अनुसार नेपाल सरकारबाट घोषणा गरिएका अधिकांश सहकारी संस्थाको पूँजी अपर्याप्त र असुली नहुने कर्जा उच्च छ।…