दलित समुदायका लागि रोजगारी सृजना गर्न कार्यविधि तयार पारिँदै छ : अर्थमन्त्री पौडेल 

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न कार्यविधि तथा निर्देशिका तयार हुने क्रममा रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद भुबनबहादुर सुनारले चालु आव २०८१/८२ को बजेट वक्तव्यमा दलित समुदायको रैथाने सीप, ज्ञान,…