वर्षान्त २०८१: होटलमा लगानी ओइरिएको वर्ष

काठमाडौं – गत माघमा काठमाडौंको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौं’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौंकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले आठ अर्ब ३५ करोड रुपैयाँको लागतमा उक्त…