एजेन्सी। अमेजनका प्रमुख कार्यकारी रहेका बेजोस २०२ अर्ब अमेरिकी डलर सहित विश्वकै धनीको सूचीमा अग्रस्थानमा कायमै छन्। ब्लुमबर्ग बिलियनर इन्डेक्सअनुसार उनको कम्पनीको शेयर बढेर २ सय अर्बको कोशेढुंगा कायम गरेका छन्। बेजोसले कोरोना महामारी सुरु भएयतामात्र ८६ अर्ब डलर सम्पत्ति थप गरेका छन्। गएको तीन महिनामा मात्रै उनको कम्पनी अमेजनको शेयर २५ प्रतिशतले बढेको छ।…