बैकिङ्ग समाचार ।
घर किन्ने सेवाग्राहीहरुका लागि एनआइसी एसिया बैंकले नयाँ अफर ल्याएको छ।
सुपर चमत्कारिक घर कर्जा योजना सार्वजनिक गर्दै सो बैंकले नयाँ अफर ल्याएको हो ।
यो योजनामा ग्राहकले ८ दशमलव दुई पाँच प्रतिशत ब्याजदरमा कर्जा लिन सक्ने बैंकले जनाएको छ।
बैंकले यो योजनामा ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने,अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप गर्न सकिने,घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्विकृत गर्न सकिने बताएको छ।
पहिलो पटक घर खरिद र निर्माण गर्दा धितोको बजार मूल्यको ७० प्रतिशत सम्मको कर्जा सुविधा दिइने बैंकले उल्लेख गरेको छ।
प्रतिक्रिया