सिटिजन्स क्यापिटलको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – सिटिजन्स क्यापिटल लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रसिद्ध बहादुर पाण्डेको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरकाे प्रतिकित्ता न्यूनतम मूल्य १८० रुपैयाँ ताेकिएकाे छ । उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापक शेयर धनीहरूले सो सूचना प्रकाशित भएको  मितिले ३५ गतेभित्रमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने इच्छुकले आफूले खरिद गर्ने रकम खुलाई यस कम्पनीलाई लिखित रूपमा जानकारी गराउन सक्नेछन् ।