ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सम्पुर्ण कारोबार २ दिन बन्द हुने

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सम्पुर्ण कारोबार २ दिन बन्द हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रश्चात आगामी पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । यसअघि दुवै बैंकका साधारण सभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भइसकेको छ ।

बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछन् ।

तर सो अबधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स सेवा भने यथावत संचालनमा रहनेछन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रूपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब रूपैयाँ, कुल निक्षेप ४०८ अर्ब रूपैयाँ, कुल कर्जा ३७६ अर्ब रूपैयाँभन्दा बढी पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंककाे कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु हुनेछन् ।