बैंकिङ्ग समाचार ।
कुमारी बैंकको ९७१ कित्ता संस्थापक शेयरको बिक्री खुला भएको छ । बैंकका एक संस्थापक शेयरधनीले उक्त शेयर बिक्री गर्न बैंकको निवेदन दिएपछि बैंकले उक्त शेयर बिक्रीमा ल्याएको हो।
बैंकका अनुसार बैंकको संस्थापक शेयरधनी सञ्जय कुमार अग्रवालले सो शेयर बिक्रीका लागि बैंकमा निवेदन दिएका हुन्।
हाल बिक्रीमा ल्याइएको शेयर किन्ने हक राष्ट्र बैंकको निर्देशन बमोजिम विद्यमान कायम संस्थापक शेयरधनीले मात्र उक्त शेयर खरीद गर्न सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले उक्त शेयर खरीदका लागि कुमारी क्यापिटल, नक्साल तथा बैंकको प्रधान कार्यालय टंगाल काठमाण्डूमा ३५ दिनभित्र आवेदन गर्न सक्नेछन्।
यस चरणमा बिक्री नभएको खण्डमा मात्र दोस्रो चरणमा सर्वसाधारण शेयरधनीले खरीद गर्न पाउने गरि बिक्रीमा आउनेछ । बैंकको संस्थापक शेयर अन्तिम पटक माघ १५ गते प्रतिकित्ता ११३ रुपैयाँमा कारोबार भएको छ।





About Us
प्रतिक्रिया