बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको पुरानो वानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसंग सम्झौता गरेको छ ।
सनराइज बैंक लिमिटेड तथा फ्रन्टलाइन हस्पिटलकाबिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड वा मोवाइल बैंकिङ्ग मार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् ।
बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको अोपिडि सेवाहरु र बेड शुल्कमा १३ प्रतिशत, ओपिडि फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ्ग अफिसर (Chief Operating Officer) सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
उक्त सम्झौता पश्चात, फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंकका कर्मचारीहरुलाई मधुमेह सम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गराएका थिए ।
प्रतिक्रिया