बैंक अफ काठमाण्डूको ६% बोनस शेयर नेप्सेमा सूचीकृत

बैंक अफ काठमाण्डूको ६% बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
शुक्रवार नेप्सेमा बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर  शेयरधनीले आइतवार देखि खरीद विक्री गर्न सक्नेछन् ।

कम्पनीले मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । कम्पनीले साधारण सभाले पारित गरेको एक महीनाभित्रै बोनस शेयर सूचीकृत गराएको छ ।

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबिच मर्जर पश्चात पुस २५ गतेबाट ग्लोबल आइएमई बैंकको नाममा एकिकृत कारोबार सुरु हुनेछ ।