नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङ्गका लागि सम्झौता

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङ्गका लागि सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले ग्रीनफाइनान्सिङ्गलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ ।

नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले यो साझेदारीकालागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । वरिष्ठ डिसीईओ शाक्यले दिगो वित्तपोषणका रुपमाकमर्सियल इलेक्ट्रिक भेइकललाई सहजरुपमाऋणप्रवाहगर्न यस प्रणालीले मद्दत पुग्ने बताए ।

दिगो बैंकिङ्गकोे रूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारी साधनखरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ ।