निफ्राको ७ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

निफ्राको ७ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गतेदेखि पुस १४ गतेसम्म विक्री गरेको ७ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट गरेको छ । कम्पनीले रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र पुस २१ गते बाँडफाँट गरेको हो ।

बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामको ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने कम्पनीको भनाई छ ।

कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित दरका रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्रीको लागि सुचना जारी गरेको थियो । निष्कासन कुल कित्तामध्ये ६० प्रतिशत अर्थात रू. ३ अर्ब बराबरको ३० लाख कित्ता कम्पनी आफैले व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी ४० प्रतिशत अर्थात रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने जानकारी कम्पनीले दिएको थियो ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएको थियो । कम्पनीले उपलब्ध गराएको बाँडफाँटको विवरणलाई हेर्दा पूर्ण रुपमा ऋणपत्र वितरण नभएको देखिएको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।