काठमाडौं – सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।
आइतबार तोलामा एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।





About Us
प्रतिक्रिया