काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको ३४ औँ बैठकले २८ औँ वार्षिक साधारण सभाका लागि १७ गते बुक क्लोज गर्ने भएकाे हाे ।
कम्पनीले वैशाख २८ गतेका लागि साधारण सभा राखेको छ । साथै, सो सभाद्वारा कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २ सय रुपैयाँको १५ प्रतिशतका दरले ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश घोषणा समेत गर्ने निर्णय गरेको छ ।





About Us
प्रतिक्रिया