राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ परेका छन् ।

उनीहरु निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुली बजारमा प्रदर्शन गरेको थियो ।