प्रतिताेला ८ सय रूपैयाँले घट्याे सुनकाे मूल्य


काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।