शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक: पश्चिम नेपालको चम्किलो तारा

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक: पश्चिम नेपालको चम्किलो तारा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा केन्द्रीय कार्यालय स्थापना गरी २०६५ फागुन ११ गतेबाट ३ जिल्लामा कार्यक्षेत्र भएको विकास बैंकको रुपमा वित्तीय कारोबार सञ्चालन गरेको शाइन डेभलपमेण्ट बैंक लिमिटेडले २०६९ चैत ४ गते गुल्मी जिल्लाको तमघासमा केन्द्रीय कार्यलय रहेको रेसुङ्गा विकास बैंक लिमिटेडसँग मर्जर गरी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट वित्तीय कारोबार सञ्चालन गर्दै आइरहेको छ । मर्जर पश्चात १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रुपमा स्तरोन्नती भएको यस विकास बैंकले २०७३ जेष्ठ २९ गते प्युठान जिल्लाको विजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी विकास बैंक लिमिटेडसँग मर्जर गरी ग्रामिण क्षेत्रमा यस विकास बैंकको पहुँच थप बिस्तार गरेको थियो ।

\"\"

२०७६ असोज २७ गते रुपन्देही जिल्लाको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेड र बाँके जिल्लाको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ती गरी कारोबार सञ्चालन गरेको यस विकास बैंक नेपाल राष्ट्र बैंकबाट २०७६ मंसिर १० गते राष्ट्रिय स्तरको विकास बैंकको रुपमा इजाजतपत्र प्राप्त गरी सञ्चालनमा रहेको छ । काठमाण्डांै बाहिर केन्द्रीय कार्यालय रहेको १ मात्र राष्ट्रिय स्तरको यस विकास बैंक बुटवल ११ कालिकानगरमा आफ्नै सुबिधा सम्पन्न भवनमा केन्द्रीय कार्यलय स्थापना गरी सञ्चालनमा रहेको छ । संस्थागत सुसाशन, आन्तरिक नियन्त्रण प्रणलीमा अब्बल रहेको यस विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नर्देशनहरु तथा अन्य प्रचलित कानून र नियमहरूको पालना गर्दै शहरी एवंम ग्रामीण दुवै क्षेत्रका ग्राहकहरुलाई सहज र सवल वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । 

\"\"

सामान्यता बचत गर्न ग्राहक बैंकमा आउँछन् तर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले बचत मात्रै गर्दैन, बचत भएको रकम बृहत आर्थिक विकास हुने क्षेत्रमा लगानी गर्छ । बैंकले दिगो आर्थिक विकासका क्षेत्रमा लगानी बढाएको छ । बचतकर्ताको पैसाले ब्याज मात्रै कमाउँदैन, समग्र आर्थिक क्षेत्रको विकासमा योगदान गर्छ भन्ने मान्यता बैंकले राखेको छ । 

३ अर्ब ७८ करोड चुक्ता पूँजी रहेको यस विकास बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधी २०७९ आश्विन मसान्तमा रु. ४५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरीे रु ४० अर्ब ४० कर्जा लगानी गरेको छ । उक्त अवधीमा बैंकको खूद मुनाफा रु. २० करोड ९१ लाख रहेको छ भने वार्षिक प्रति शेयर आम्दानी रु. २२.१२  रहेको छ । काठमाण्डौ उपत्यकामा ७ वटा शाखा कार्यालय सहित कूल ८६ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालय तथा १६ वटा एटिएम रहेको यस विकास बैंकले निकट भविष्यमा काठमाण्डौमा कर्पोरेट कार्यालय सञ्चालन गर्न लागेको छ । कपिलबस्तु जिल्लाको जगदिशपुर र ललितपुरको सातदोबाटो शाखा कार्यालय सञ्चालनको अन्तिम तयारीमा रहेका छन् । हरेक आर्थिक परिसूचकहरु अब्बल रहेको यस बिकास बैंकको खराब कर्जा १.०९ प्रतिशत, कर्जा निक्षेप अनुपात ८५.६१ प्रतिशत, आधारदर १२.४४ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४८.०५ रुपैयाँ रहेको छ भने ५ लाख भन्दा बढी ग्राहक रहेका छन ।

शाइन रेसुङ्गाको प्राथमिकताः कृषि उत्थान र बजारीकरण

स्वदेशमा स्वरोजगारको अवसर सिर्जना गर्न सक्ने साना तथा मझौला उद्यमको विकासमा बैंकले विशेष ध्यान दिएको छ । व्यावसायिक कृषिबाट स्वरोजगारका साथै आयात प्रतिस्थापन समेत हुने हुँदा  वित्तीय जागरणका माध्यमबाट बैंकले साना उद्यमी निर्माणमा योग्दान पुर्याएको छ । 

 

‘कागज छोडौं, ग्रिनपिन रोजौं’

अवको बैंकिङ्ग डिजिटल बैंकिङ्ग भएकाले ग्राहकलाई गुणस्तरीय डिजिटल बैंकिङ्ग सेवा प्रति बैंक प्रतिबद्ध छ । डिजिटल काउन्टरको अवधारणा कार्यान्वयनमा ल्याउन बैंक अघि बढी सकेको छ । ‘कागज छोडौं ग्रिन पिन रौंजौं’ अभियानलाई प्राथमिकताका साथ बैंकले अगाडी बढाएको छ । डिजिटल युगमा बैंकमा भौतिक उपस्थिती नभई ग्राहकले बैंकिङ्ग कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

यसो भन्छन् प्रमुख कार्यकारी अधिकृत पौडेल 

\"\"

लुम्बिनी प्रदेशमा ३ जिल्ला कार्यक्षेत्र भई स्थापना भएको बैंक आज राष्ट्रिय स्तरको भएको छ । बैंकका हरेक सुचांकहरुले सवल र सदृढ संस्था भएको प्रमाणित गरेका छन् । ‘प्रोफेशनल इथिक्स’ (Professional ethics) हाम्रो पहिलो प्राथमिकता हो । केन्द्रिय बैंकले दिएको मार्गदर्शनलाई पूर्णरुपमा कार्यान्वयन गरी ‘प्रुडेन्ट बैंकिङ्ग’ (Prudent banking), सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डरको हितलाई उच्च प्राथमिकतामा राख्दै समावशी अर्थतन्त्र निर्माणका लागि हामी सदैव क्रियाशिल छौँ । 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश इतिहास

बैंकले आर्थिक वर्ष २०६७/०६८ माआफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०६८/०६९ मा सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यसैगरी आर्थिक वर्ष २०६९/०७० मा सेयरधनीहरुलाई कूल २० प्रतिशतबोनस सेयर वितरण गरेको यस विकास बैंकले आर्थिक वर्ष २०७०/०७१ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद गरी कूल २२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

उक्त लाभांश वितरण पश्चात दुई बरावर १ (२ः१) हकप्रद शेयर जारी गरेको यस विकास बैंकले आर्थिक वर्ष २०७१/०७२ मा सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद गरी कूल २८.४२ प्रतिशत, आर्थिक वर्ष २०७२/०७३ मा कूल २७ प्रतिशत बोनस सेयर, आर्थिक वर्ष २०७३/०७४ मा २५ प्रतिशत बोनस सेयर आर्थिक वर्ष २०७४/०७५ मा  १७.७ प्रतिशत बोनस सेयर र ०.९३ प्रतिशत नगद गरी कूल १८.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा १५ प्रतिशत बोनस सेयर, आर्थिक वर्ष २०७६/०७७ मा १३ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७७/०७८ मा १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष ७८/७९ को लागि १३.३०  प्रतिशत नगद बोनस शेयर र ०.७ प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

\"\"