फोन पोइन्ट्स र आइएमएस सफ्टवेयरबीच साझेदारी,अब २० हजारभन्दा बढी पसलमा तुरुन्तै छुट प्राप्त गर्न सकिने


काठमाडौं – फोन पोइन्ट्स र आइएमएस सफ्टवेयरबीच साझेदारी भएको छ। फोनपोइन्ट्स र आइएमएस सफ्टवेयर बीचको सहकार्यले २० हजारभन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरू गरेको छ।

यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो। जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता नपर्ने कम्पनीको भनाइ छ। एउटा कोड देखाएर तुरुन्तै बिलमा छुट हुनेछ।

यस्ता छन् छुट अफरः

सुरुवाती छुट अफरहरूमा सेल्सवेरीका सातदोबाटो, मुलपानी, महाराजगञ्ज, सितापाइला, बत्तिसपुतली, चिप्लेढुंगा शाखाहरूमा दुई सय रूपैयाँ छुट, बाल्ट्राका सबै उत्पादनमा १२ प्रतिशत छुट पाइनेछ।

यस्तै, पिज्जा वर्ल्ड, पिज्जा प्लानेट, क्याफेफिलिया, बोधी बुक्स लगायतमा १५ प्रतिशत छुट पाइने बताइएको छ।

कम्पनीका अनुसार भविष्यमा आइएमएस सफ्टवेयरमा थप मर्चेन्टहरूलाई समावेश गर्दै फोनपोइन्ट्स प्रयोगकर्ताहरूलाई अझ व्यापक र सुविधाजनक छुट सुविधा उपलब्ध गराइनेछ ।

कसरी छुट पाउने ?

App खोल्नुहोस्: Fonepoints Apps वा Partners App खोल्नुहोस् ।

अफर रोज्नुहोस्ः उपलब्ध अफरहरुबाट मनपर्ने छुट अफर छान्नुहोस् र Redeem गर्नुहोस् ।

Code प्राप्त गर्नुहोस्ः अफर Redeem गरेपछि Unique Code, App वा Email मार्फत प्राप्त हुनेछ।

Code देखाउनुहोस्ः बिल प्रिन्ट गर्नु अघि व्यापारीलाई प्राप्त कोड देखाउनुहोस् ।

तुरुन्तै छुट लागू हुनेछः व्यापारीले IMS सफ्टवेयरमा Code हाल्ने बित्तिकै, बिलमा छुट तुरुन्तै लागू हुनेछ।

ग्राहक र व्यापारीहरूका लागि यसले के अर्थ राख्छ?
तुरुन्तै छुटः अब, Fonepoints Apps प्रयोग गरेर ग्राहकहरूले Code देखाएर तुरुन्तै छुट प्राप्त गर्न सक्नेछन् ।
सजिलो प्रक्रियाः कुनै जटिलता वा अतिरिक्त पुष्टि प्रक्रियाबिना, ग्राहकहरूले सरल र छिटो छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।
व्यवसायको लागि दक्षताः म्यानुअल प्रक्रियाहरू हटाएर व्यापारीहरुलाई छिटो र प्रभावकारी बिलिङ प्रक्रिया प्रदान गरिनेछ, जसले उनीहरूको कार्य क्षमता बढाउँछ।


किन यो सहकार्य महत्वपूर्ण छ?
फोनपोइन्ट्स र IMS सफ्टवेयर बीचको साझेदारीले अब नेपाली खुद्रा बजारमा छूट प्राप्त गर्ने प्रक्रिया अझ सहज र ग्राहक अनुकूल बनाएको छ। यो नयाँ प्रणालीले ग्राहकहरूलाई किनमेल गर्दा तुरुन्तै छुट प्राप्त गर्नका लागि सरल र सहज उपाय प्रदान गर्दछ भने, व्यापारहिरूलाई पनि छिटो र प्रभावकारी रूपमा छुट लागू गर्ने अवसर प्रदान गर्दछ। यस सहकार्यले बजारमा नयाँ स्तरको दक्षता र ग्राहक अनुभव सुनिश्चित गरेको छ।