काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय ठगी, चोरी र साइबर अपराधबाट बच्न आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। सामाजिक सञ्जाल, एसएमएस, इमेल वा फोनमार्फत विभिन्न प्रकारका वित्तीय ठगी बढेको भन्दै आम नागरिकलाई सचेत गराएको हो ।
सस्तोमा मोबाइल पठाइदिन्छु, तपाईँलाई चिठ्ठा पर्यो, पार्सल आयो, रकम डबल हुन्छ, क्रिप्टो वा फोरेक्स किन्नुस्, नोकरी लगाइदिन्छु, लगानी गर्नुहोस् भन्नेजस्ता म्यासेज आयो वा त्यसलाई पत्याएर उसले भनेजस्तै आफ्ना गोप्य विवरण तथा नागरिकताजस्ता निजी कागजात दिएमा भने सम्पत्ति कमाउने त होइन आफूसँग भएको पनि गुमाउने अवस्था आउने केन्द्रीय बैंकल जनाएकाे छ ।
यस्ता प्रस्तावहरूमा विश्वास गरी आफ्ना गोप्य वित्तीय विवरण तथा नागरिकताको प्रतिलिपि लगायत निजी कागजात पठाएमा ठगीमा पर्ने र सम्पत्ति समेत गुमाउने केन्द्रीय बैंकद्वारा जारी सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया