काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र-२०८१ जारी गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै एकीकृत परिपत्र-२०८१ जारी गरेको बताएको हो ।
नेपाल राष्ट्र बैंकले २९ वटा व्यवस्था उक्त परिपत्रमा समावेश गरेको छ । राष्ट्र बैंकले कुनै फर्म/कम्पनी/निकायले वस्तु तथा सेवा (लिज समेत) आयात गर्दा विदेशी बैंकको बैंक ग्यारेण्टीका आधारमा आंशिक वा पूरैरकम अग्रिम भुक्तानी पठाउन सकिने, वस्तु आयात गर्दाको हकमा टी.टी. मार्फत् आयात गर्न तोकिएको सीमाभन्दा बढी रकमको आयात गर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्नेछ । तर यसरी आयात गर्दा दफा १.७ मा उल्लेखित व्यवस्थाहरूको पालना भएको हुनुपर्ने बताएको छ ।
राष्ट्र बैंककाअनुसार आयातीत मालसामान भारतको विभिन्न स्थानस्थित वेयर हाउस/गोदाममा राख्दा गरिने बीमा र भारतीय बिक्रेताले बिक्री भएको सामानको वारेन्टीस्वरूप निश्चित अवधिको लागि गरिदिने सहुलियत दरको बीमा गरे बापतको रकम सम्बन्धित बिक्रेतासँंग भएको सम्झौता वा सोको आधारमा जारी भएको बिल बिजक र बीमा कम्पनीले जारी गरेको बीमा पोलिसीको प्रतिलिपि तथा बिल बिजकको आधारमा गरिने भुक्तानीको लागि आवश्यक सटही प्रदान गर्न सकिने छ ।
त्यस्तै, राष्ट्र बैंकले नेपाल भारतबीच हुने वस्तु तथा सेवा आयात र भारतीय रूपैयाँ खरिद/बिक्री कारोबार सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभागलगायत सबै प्रदेशस्थित कार्यालयहरू तथा बैंक तथा वित्तीय संस्थालाई समेत लागू हुने गरी विभिन्न व्यवस्था पनि गरेको छ ।
प्रतिक्रिया