युनाइटेड ईदि मर्दि एण्ड आर.बि.हाईड्रोपावर लिमिटेडका सचिव पाैड्यालकाे राजीनामा स्वीकृत


काठमाडौं – युनाइटेड ईदि मर्दि एण्ड आर.बि.हाईड्रोपावर लिमिटेडका सचिव निरज पाैड्यालकाे राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत १७ गते दिउसो बसेको सञ्चालक समितिकाे बैंठको निर्णयअनुसार पौड्यालको राजीनामा स्वीकृत भएको हो ।

साथै, यस कम्पनीको रिक्त रहेको उक्त पदमा कम्पनीका कर्मचारी जगत बहादुर रोकायलाई नियुक्त गरिएको प्रबन्ध निर्देशक रोशन के.सीले जानकारी दिए ।