गोर्खाज फाइनान्सका सीईओ प्रकाश चन्द्र अधिकारीकाे नियुक्ती खारेज


काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश चन्द्र अधिकारीको नियुक्ती खारेज गरिएको छ । संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीइओ नियुक्त गरेको ५०३ औं बैठकको निर्णय खारेज गरेको हो ।

उक्त निर्णय खारेज भएसँगै संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारी पनि पदमुक्त भएका छन् । कम्पनीको बुधबार बसेको बैठकले हाल कायम रहेका सीईओ अधिकारीको सम्बन्धमा कुनै पनि सम्झौत नगरिने समेत निर्णय गरिएको जनाएको छ।