राधी विद्युत कम्पनीले साधारण सभा पुनः बोलायो


काठमाडौं – राधी विद्युत कम्पनी लिमिटेडले विशेष साधारण सभा पुनः बोलाएको छ । कम्पनीले गत ३ गते स्थगित भएको साधारण सभा चैत ११ गतेलाई बोलाएको हो ।

कम्पनी ऐन २०६३ बमोजिम चैत ३ मा बोलाएको साधारण सभामा कम्पनीको नियमावली बमोजिमको गणपूरक संख्या नपुगेको भन्दै स्थगित भएकाे थियाे ।

उक्त स्थगित सभा कम्पनी सञ्चालक समितिको बैठकको निर्णयअनुसार चैत ११ गते बिहान ८ः०० बजे पुनः बस्ने भएको हो ।