बन्दीपुर – यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरेकी छन् । फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेका छन् । हाल उनले मासिक दुई लाख रूपैयाँ आम्दानी लिने गरेको गुरुङले बताइन् ।
गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रूपैयाँसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाख रूपैयाँसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख रूपैयाँ बचत हुने उनले बताइन् ।
‘पोखरा र काठमाडौंमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौं’ गुरुङले भने । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।
‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउँनेछौं,’ उनले भनिन् ।






About Us
प्रतिक्रिया