वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं – वैदेशिक राेजगारीकाे लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा ४० वर्षीय ललित बहादुर इस्मान (ललित लिङ्दो) र ३३ वर्षीय दिपेश सुब्बा लिङ्दो रहेका छन्। पक्राउ पर्नेहरू ललितपुर जिल्लाको गोदावरी नगरपालिका र काभ्रेपलाञ्चोक जिल्लाको भुम्लुटार गाउँपालिकाका हुन् ।

प्रहरीले उनीहरूबाट करिब ३९ लाख रुपैयाँ बरामद गरेकाे छ । प्रहरीले उनीहरूलाई २०८१ फागुन १६ गते पक्राउ गरी वैदेशिक रोजगार विभाग काठमाडौंमा बुझाएको छ । हालसम्म उनीहरूबाट ठगीमा पर्ने पीडितहरूको संख्या ९ रहेकाे छ। यस घटनामा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।