गभर्नर अधिकारीले गरे एससीटीको कार्यालय भ्रमण


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले (स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड) एससीटीको कार्यालय भ्रमण गरेका छन् । गभर्नर अधिकारीले लामो समयदेखि डिजिटल भुक्तानीका लागि काम गर्दै आइरहेका छन् ।

गभर्नर अधिकारीले डिजिटल भुक्तानीमा दिएको योगदान महत्वपूर्ण रहेको भन्दै उनको तारिफ समेत हुँदै आएको छ । गभर्नरसँगै भुक्तानी विभागका कार्यकारी निर्देशक किरण पण्डित, निर्देशक सुभाष चन्द्र घिमिरे पनि एससीटीको कार्यालय पुगेका थिए ।

सो अवसरमा एससीटीका अध्यक्ष रोबिन नेपाल, सीईओ मनोज घिमिरे र एससीटी प्रबन्धकका टोलीले छलफल समेत गरेको एससीटीले जनाएको छ । छलफलमा डिजिटल भुक्तानीको भविष्यबारे पनि चर्चा भएको थियो ।