महुली लघुवित्त संस्थाद्वारा बाह्य लेखा परीक्षक नियुक्त


काठमाडौं – महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ । कम्पनीको फागुन २३ गते बसेको १३ औँ बार्षिक साधारण सभाबाट लेखा परीक्षकमा डि.जि.बि.ए. एसोसिएट्सलाई नियुक्त गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्न सो कम्पनीलाई नियुक्त गरेको हो ।