बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले ग्राहकहरूको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ।
उक्त मेसिनबाट ग्राहकहरू आफैंले खातामा रकम जम्मा गर्न सक्नेछन्। यस सुविधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने विश्वास बैंकको छ।
हाल उक्त मेसिनबाट ग्राहकले पाँच सय र एक हजारका दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन्। यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्। हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ। सानिमा बैंकको देशभर १२७ कार्यालय र १२० वटा एटिएम सञ्चालनमा छन्।
यसअघि नबिल बैंक, एनआइसी एशिया बैंक र हिमालयन बैंकले यो सेवा बजारमा उपल्ब्ध गराइरहेका छन । मेसिन सुचारु हुँदा बैंकको काउन्टरमा पैसा जम्मा गर्नकै लागि लाइनमा बस्नुपर्नेदेखि अन्य किसिमका समस्याहरु भोग्नु नपर्ने बैंकहरुको विश्वास छ ।
प्रतिक्रिया