सन्दर्भ: नारी दिवस

शिखर इन्स्योरेन्सको ‘सेकेन्ड म्यान’ सविता मास्के, जसको बीमामै बित्यो ४ दशक

शिखर इन्स्योरेन्सको ‘सेकेन्ड म्यान’ सविता मास्के, जसको बीमामै बित्यो ४ दशक

‘त्यतिबेला महिलालाई हाकिमकारुपमा हेर्ने चलन थिएन’

नमुना के. सी.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – युवाहरू अवसर खोज्न अघि रहेपनि सामान्य चुनौती आउनसाथ पछि हट्ने प्रचलन बढी छ । युवाहरूमा मिहिनेत र योग्यता पर्याप्त देखिए पनि धैर्यता र लगनशीलता घट्दै गएको पाउन सकिन्छ । धैर्यता अर्थात् वर्षौँसम्म एउटै क्षेत्रमा गरिरहनुपर्ने लगाव । युवाहरूको धैर्यता घट्दो अवस्थामा रहेको समयमा एउटै क्षेत्रमा जीवनको ४० वर्ष लगनशील बन्नेहरूको सूची समेत भेट्न सकिन्छ ।

एउटै क्षेत्रमा ४० वर्ष बिताउँदै धैर्यता र लगनशीलताको उत्कृष्ट उदाहरण दिनेहरूमध्ये ज्वलन्त उदाहरण बनेकी छिन्, सविता मास्के । आधुनिक समयमा, जहाँ मानिसहरू अक्सर काम गर्ने क्षेत्र परिवर्तन गरिरहन्छन् । तर, सविता आफ्नै मिहिनेत , इमानदारिता र धैर्यताका कारण आफ्नो कार्यस्थल र समग्र बीमा क्षेत्रमा नै महत्त्वपूर्ण पहिचान बनाइसकेकी छिन् ।

स्थायी ठेगाना धनकुटा भएकी मास्केको जन्म भने कार्यथलो काठमाडौंमा नै भयो । बुबा सरकारी जागिरे भएकाले उनले बाल्यकालमा धेरै विद्यालय परिवर्तन गर्नुपर्याे । देशका विभिन्न स्थानमा बुबाको सरुवा भइराख्ने भएपनि केही समयपछि पुनः काठमाडौं नै सरुवा भएपछि भने उनकाे अध्ययन काठमाडाैंमा नै पुरा भयाे ।

मानविकी सङ्काय अन्तर्गत अर्थशास्त्रमा स्नातकोत्तर उर्तिण गरेकी मास्के भन्छिन्, ‘मलाई पढाई मात्र नभएर काम गर्न रुचि थियो। त्यो समयमा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, बीमा संस्थान, नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसा उत्कृष्ट मानिन्थ्यो ।’ यही क्रममा बागबजारको शंखरदेव क्यापसमा प्राध्यापकमा नाम निकाल्न सफल भइन् । अध्यापन पेशामा नै रहँदा बैंक तथा बीमा कम्पनीहरूमा अवसर खोज्न समेत उनले छाडेकी थिइनन् । सोही क्रममा राष्ट्रिय बीमा संस्थानमा नाम निस्केको सम्झिन्छिन् मास्के ।

‘युवाहरूमा धैर्यता छैन’
पहिलाको तुलनामा अहिलेको महिला (युवा)हरुवा थोरै व्यवहारिकता र धैर्यताको कमी भएको हो कि भन्ने महसुस गर्छिन् उनी । उनले लगभग ४० वर्ष यस क्षेत्रमा बिताइन् । यो समयसम्म आइपुग्दा विगत र अहिलेको परिवेशलाई तुलना गरेर हेर्दा सुविधा, सेवा भएता पनि युवाहरूमा धैर्यताको कमी देख्छिन् मास्के । ‘बहिनीहरूले छिटो प्रतिफलको अपेक्षा राखेको देख्दा मलाई आफ्नो विगतको साथीहरूको दुख याद आउँछ,’ मास्केले भनिन् ।

पछिल्लो समय बीमा क्षेत्रमा महिलाहरूको सहभागिता र अवसर राम्रो रहेकोमा सबैले धैर्यताले काम गर्नुपर्ने उनको सुझाव छ । यस्तै घरमा बसिरहेका त्यस्ता महिलाहरू जो केही गर्न चाहन्छन् । त्यस्ता महिलाहरूलाई मूल्याङ्कन गर्न नमिल्ने उनको भनाई छ। ‘घरभित्रको काम पनि सहज हुँदैन, सबैले गरेको कामको कदर गर्नु पर्छ । तर, सकिन्छ भने आफूले पढेको, जानेको क्षेत्रमा काम गरेमा आफूलाई नै सहज हुन्छ ।’ उनले भनिन् ।


‘महिलालाई हाकिमकोरुपमा हेर्ने चलन थिएन’
उनले काम सुरुवात गर्ने क्रममा महिलाभन्दा पूरुषहरुको सहभागिता बढी र उच्च पदमा पनि धेरै पूरुष नै थिए । सोहीकारण, तत्कालिन समयमा महिलाहरुलाई हाकिमको रुपमा हेर्ने चलन थिएन । ‘सुरुवातमा कामको अनुभव नहुँदा पढेको मात्र कुराले नहुने भान भयो । किताबको ज्ञानले काम गर्न केही समय गाह्रो भयो,’ उनले भनिन् ।

जुनसुकै स्तरको काम भएतापनि चुनौतीहरु रहने हुँदा उनले धैर्यताको साथ विभिन्न चुनौतीमा पनि आफूपछि हटिनन् । आफ्नो पूरानो यादलाई सम्झिदै उनी भन्छिन्, ‘ ग्रामिण भेगको बीमाको सचेतना कार्यक्रम लगायत विभिन्न काम जादा असहज हुन्थ्यो । महिला भएर सहज थिएन तर मलाई कहिले यो क्षेत्र छोड्ने सोच आएन् ।’ विभिन्न ठाउँमा जाने संस्थाबाट तालिमहरु दिने जस्ता विभिन्न क्रियाकलापमा उनी सक्रिय थिइन् । उनको अध्ययनको सीप बीमा क्षेत्रमा प्रयोग भयो उनी नयाँ आउने समूहहरुलाई पढाउने, तालिम दिने जस्ता काम गर्ने मौका पनि पाइन् । पछि स्वाथ्यले साथ नदिएर यसलाई निरन्तरता भने दिन सकिनन् ।


‘युवाहरूमा धैर्यता छैन’
पहिलाको तुलनामा अहिलेको महिला (युवा)हरुवा थोरै व्यवहारिकता र धैर्यताको कमी भएको हो कि भन्ने महसुस गर्छिन् उनी । उनले लगभग ४० वर्ष यस क्षेत्रमा बिताइन् । यो समयसम्म आइपुग्दा विगत र अहिलेको परिवेशलाई तुलना गरेर हेर्दा सुविधा, सेवा भएता पनि युवाहरूमा धैर्यताको कमी देख्छिन् मास्के । ‘बहिनीहरूले छिटो प्रतिफलको अपेक्षा राखेको देख्दा मलाई आफ्नो विगतको साथीहरूको दुख याद आउँछ,’ मास्केले भनिन् ।

पछिल्लो समय बीमा क्षेत्रमा महिलाहरूको सहभागिता र अवसर राम्रो रहेकोमा सबैले धैर्यताले काम गर्नुपर्ने उनको सुझाव छ । यस्तै, घरमा बसिरहेका त्यस्ता महिलाहरू जो केही गर्न चाहन्छन् । त्यस्ता महिलाहरूलाई मूल्याङ्कन गर्न नमिल्ने उनको भनाई छ। ‘घरभित्रको काम पनि सहज हुँदैन, सबैले गरेको कामको कदर गर्नु पर्छ । तर, सकिन्छ भने आफूले पढेको, जानेको क्षेत्रमा काम गरेमा आफूलाई नै सहज हुन्छ ।’ उनले भनिन् ।

‘धेरै सुविधा खोज्ने प्रवृत्ति त्याग्नुपर्छ’
अहिले महिलाहरुका लागि संस्थाहरुमा पदको लागि कोटा तोकिन्छ । यहीकारण महिला भएकै कारण अत्याधिक सुविधाको आश राख्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ । जबकि सविता आफ्नो समयमा त्यस्तो नहुने बताँउछिन् । ‘महिला हो भन्दै सुविधा मात्रै खोज्ने गर्नु हुदैन्, पुरुष र महिला दुवैले समान हिसाबले आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्छ,’ उनी भन्छिन्, ‘अनिमात्र समाजले पनि नारीलाई कम सोच्दैनन् । महिलाहरु नै सेवामा हक खोज्दा अन्य कुरामा पनि पुरुषको तुलनामा कम सोच्छन् ।’

‘बीमा क्षेत्रको ग्रोथ हेर्ने चाहाना’
बीमा क्षेत्रलाई राम्रो योगदान दिएकी उनलाई सिलाई, बुनाई जस्ता क्षेत्रमा पनि रुचि छ । फुर्सदको समय परिवार दिने उनी नाति–नातिनीसँग रमाइलाे गर्छिन् । उनलाई बीमा क्षेत्रका त्यति नै माया लाग्छ, जति आफ्नो परिवारको लाग्छ । बीमा क्षेत्रले मुहार फेर्न सके आफू सन्तुष्ट र खुसी हुने उनको भनाइ छ । ४० वर्ष यो क्षेत्रमा बिताइसकेकी उनलाई घरभन्दा बढी कार्यालय प्यारो लाग्छ ।

‘विगतको तुलनामा बीमा क्षेत्रमा केही सुधार भएतापनि अझै राम्रो हुन् भने सकेको छैन । मेरो चाहना भनेको नै बीमा क्षेत्रकाे राम्रो ‘ग्रोथ’ हेर्नु हो,’ उनले भनिन्, ‘जति बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूले आफ्नो काम इमानदारीका साथ निभाएका छन्, त्यो अनुसारको यो क्षेत्र सफल हुन भने सकेको छैन ।’

(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)