सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक (सूचनासहित)


काठमाडाैं – सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार भर्ना तथा छनोट शाखाले सूचना जारी गरी २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको हो।

कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना नयाँ प्रहरी निरीक्षक भर्नाका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।