त्रिभुवन विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ


काठमाडाैं – पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन्। पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन्।

उनीहरु फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट विमानस्थलमा आएका थिए। अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो।