बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (UPI Nepal) सँग अन्तर-आबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रा.लि. सँग सम्झौता गरेको छ ।
आज सनराइज बैंकको केन्द्रिय कार्यालय गैरिधारामा आयोजित एक समारोह बिच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिस प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदान प्रदान गरेका छन् ।
२१औं शताब्दीमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भईरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ । सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने UPI Nepal प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भने यस सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले UPI मार्फत सनराइज बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतिय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एप मार्फत QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्त हुने बिप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउदै कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंकको रुपमा अगाडी बढी रहेको यस बैंकले २५ हजार भन्दा बढी मर्चेन्ट नेटवर्क (POS तथा QR), १५९ एटिएम, १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया