प्रभु बैंक र नेपाल एलपि ग्यास उद्योग संघबीच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता

प्रभु बैंक र नेपाल एलपि ग्यास उद्योग संघबीच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक र नेपाल एल.पि. ग्याँस उद्योग संघका बिच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एल. पि. ग्याँस उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकले संघमा आवद्ध सदस्यहरुलाई नेपाल आयल निगम बाट एल.पि. ग्याँस खरिद र ढुवानी प्रयोजनका लागी पर्चेज डेलिभरी अर्डर जारी गर्न गैर कोषमा आधारित बैंक जमानत कर्जा एवं अन्य सुविधाहरु उपलब्ध गराउने छ । साथै नेपाल एल. पि. ग्याँस उद्योग संघका सम्पूर्ण सदस्यहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने छन् । 

उक्त संझौता पश्चात नेपाल एल.पि. ग्याँस उद्योग संघका सदस्यहरु लाभान्वित हुने बिश्वास बैकले लिएको जनाएको छ ।