काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले देशमा मौलाएको भ्रष्टाचार लज्जाबोधको विषय भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले भने, ‘भ्रष्टाचार, घूस र कमिसनको प्रवृत्ति बढ्दो छ । यसलाई सत्यतथ्यसहित संसद्मा प्रस्तुत गरौँ । कारबाही गर्ने परिस्थितिको निर्माण गरौँ ।’ सांसद गैरेले सुशासनयुक्त सामाजिक न्यायसहितको समाज निर्माण गर्ने काममा एकताबद्ध भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
उनले अध्यादेशले विकासका निम्ति बाटो खोलेको उल्लेख गर्दै अस्थिरता र अराजकताको अन्त्य गरी मुलुकलाई समाजवादतर्फ लैजान एमाले अग्रसर भएको बताए । सांसद गैरेले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि अझै सशक्त ढङ्गले अघि बढ्नुपर्छ ।’






About Us
प्रतिक्रिया