यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ८३ पैसा र बिक्री दर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ७४ पैसा र बिक्री दर १७५ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, अघिल्लो दिन क्यानेडियन डलर १ को खरिद दर ९७.८९ रुपैयाँ र बिक्री ९८.३१ रुपैयाँ रहेकामा आज खरिद ९७.७३ रुपैयाँ र बिक्री ९८.१५ रुपैयाँ निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्ताे छ आजकाे विनिमयदरः