काठमाडौं – सरकारले १८ वटा निर्माण कम्पनीलाई खराब सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको साेमबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई खराब सूचीमा राखिएको जनाएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई खराब सूचीमा राखिएको सूचनामा उल्लेख छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले खराब सूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनैपनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ ।
मुख्यव्यक्ति उमेश सिंह रहेको भाव्य कन्ट्रक्सन, पाल्हीनन्दन–२ तीन वर्षको लागि खराब सूचीमा परेको छ। त्यसैगरी, मुख्यव्यक्त रामचन्द्र गिरी रहेको आरसी कन्ट्रक्सन सुन्दर हरैचा-१२ मोरङ २ वर्ष, सोहन आवा जेभी, घोराही, सोहन निर्माण सेवा र आवा कन्ट्रक्सन प्राली दुई-दुई वर्षको लागि खराब सूचीमा परेका छन्।




About Us
प्रतिक्रिया