दाङ- प्रधानमन्त्री केपी ओली दाङको देउखुरी आइपुगेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत आएका प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्वोधन गर्ने छन्।
प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बाेधनका लागि निमन्त्रण गरेका थिए। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो।
यसअघि २०७५ वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गरेका थिए। प्रदेश सभाको बैठकलाई विशेष सम्बाेधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन्।






About Us
प्रतिक्रिया