काठमाडौं – पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्न राष्ट्रपति पुगेका छन् । अर्थमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार राष्ट्रपति रामचन्द्र पौडेल घाइते अर्थमन्त्री पौडेललाई भेट्न किर्तिपुरस्थित बर्न अस्पतालमा पुगेका हुन् ।
पोखरा भ्रमण वर्षकाक्रममा बेलुन उडाएर उद्घाटन गर्दैगर्दा हाइड्रोजन भरिएको बेलुनलाई आगोको झिल्कोले भेट्दा पड्किएको थियो । त्यसक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यसहित अर्थमन्त्री पौडेल घाइते भएका थिए । उनीहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
अनुहार र टाउकोमा ६ प्रतिशतसम्म जलेको किर्तिपुर अस्पतालले जनाएको छ । सामान्य भएपछि अनुहारमा भएको जलनका कारण फोक्सोमा संक्रमण हुन सक्ने जोखिम रहेको उपचारमा संलग्न डाक्टरले जनाएका छन् ।






About Us
प्रतिक्रिया