भोली देखि ३ दिन सिद्धार्थ बैंकका सम्पूर्ण बैंकिङ्ग सेवाहरु पूर्ण रुपमा बन्द हुने

भोली देखि ३ दिन सिद्धार्थ बैंकका सम्पूर्ण बैंकिङ्ग सेवाहरु पूर्ण रुपमा बन्द हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
भोली शुक्रबारदेखि तीन दिन सिद्धार्थ बैंक लिमिटेडको बैंकिङ्ग सेवा तथा कारोबार प्रभावित हुने भएको छ । बैंकले हाल प्रयोग गरी रहेको प्राथमिक बैंकिङ्ग प्रणाली (Core Banking System) लाई परिवर्तन गरी थप सुविधा सहितको Finacle Core Banking System प्रयोगमा ल्याउने क्रममा शुक्रबारदेखि ३ दिनको लागि बैंकिङ्ग सेवाहरु पूर्ण रुपमा बन्द रहने जनाएको हो ।

बैंकका अनुसार २०७९/०५/१७ गते शुक्रबार सन्ध्याकालिन (Evening) काउन्टरहरु, २०७९/०५/१८ गते शनिबार बिदा (Holiday) काउन्टरहरु र २०७९/०५/१९ गते आइतबार सम्पूर्ण बैंकिङ्ग कारोबारहरु बन्द रहने छन् । त्यस्तै २०७९/०५/१७ गते शुक्रबार बेलुका ६ बजे पश्चात् इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, ATM, Card (Credit/Prepaid Card बाहेक), रेमिट्यान्स लगायत अन्य सम्पूर्ण बैंकिङ्ग कारोबारहरु बन्द हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार Core Banking System परिवर्तन पश्चात् ग्राहकहरुले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सक्ने छन् । उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ्ग कारोबार उल्लेखित मिति अगावै गरी सहयोग गरिदिन समेत बैंकले आग्रह गरेको छ । 

थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००२० वा इमेल [email protected] मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

\"May