काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य थपघट गरेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट आएको नयाँ मूल्यसूचीअनुसार निगमले मूल्यसूची हेरफेर गरेको हो ।
आज राति १२ बजेदेखि लागू हुनेगरेर निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ भने डिजेलको ४ रुपैयाँले बढाएको छ । आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.५८ रुपैयाँ बढेर र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३.५९ रुपैयाँले घटेर आएकाले हेरफेर गरेको हो ।
यससँगै, पहिलो वर्गमा पेट्रोलको मूल्य १६५.५० रुपैयाँ कायम भएको छ भने दोस्रो वर्गमा १६७ रुपैयाँ र तेस्रो वर्गमा १६८ रुपैयाँ कायम भएको छ । यस्तै, मूल्य घटेपछि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम भएको छ ।






About Us
प्रतिक्रिया