सुनसहित दुई भारतीय नागरिक पक्राउ

सुनसहित दुई भारतीय नागरिक पक्राउ


काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले नागढुंगाबाट ३१८ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेका छन् ।

प्रहरीका अनुसार काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको हो । बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।