काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य बुधबार एकैदिन तोलामा २ हजार सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २०० मा कारोबार थियो ।
यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया