पोखरामा प्रभु बैंकले खोल्यो एकैसाथ ३ नयाँ शाखा

पोखरामा प्रभु बैंकले खोल्यो एकैसाथ ३ नयाँ शाखा


बैंकिङ समाचार ।  प्रभु बैंकले एकैसाथ ३ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा पोखरा महानगरपालिको वडा नं. २, १३ र २६ मा शाखा विस्तार गरेको हो ।

पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा संख्या २०८ पुगेको छ।

हालसम्म बैंकले १५७ वटा एटिएम ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जालसहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।